पाेखरा प्रिमियर लिगकाे अक्सनमा ठुला खेलाडी नै विके मंहगाे रकममा

पोखरा प्रिमियर लिगका लागि भइरहेको खेलाडी अक्सनमा रोहिकुमार पौडेल, अनिलकुमार शाह र करण केसी तथा सागर पुन सबै भन्दा मंहगो खेलाडी बनेका छन । दुबै खेलाडी अधिकतक २ लाख ५० हजार रुपैयाँमा विक्रि भएका हुन ।
सुरुवाती ४ खेलाडी अनसोल्ड भएकोमा अनिलमाथि सबै टिमले विड गरेका थिए ।

जसमा अन्तिममा ड्र बाट चितवन राइनोजले खरिद गर्यो । यस्तै रोहितलाई पनि सबै टिमले विड गरेकोमा अन्तिममा पोखरा पल्टनले अनुबन्ध गर्यो । अक्सनको पहिलो सेसनमा शक्ति गौचन, राहुल विक जस्ता खेलाडी विक्रि भएनन । यता मोहम्मद सांसद सिंहलाई ६० हजार बेस प्राइसमा बुटवलले किन्यो भने मञ्जित श्रेष्ठलाई ५० हजारमा धनगढीले किन्यो ।

यस्तै योगेन्द्रसिंह कार्कीलाई एक लाख १० हजारमा धनगढीले किन्यो । सिद्धान्त लोहनीलाई बुटवल ब्लास्टर्सले एक लाख ६० हजार रुपैयाँमा खरिद गर्यो । हरी चौहानलाई अधिकतक एक लाख रुपैयामा ड्र बाट बुटवल ब्लास्टर्सले किन्यो । विनोद भण्डारीलाई पोखराले अधिकतम २ लाख ५० हजारमा गोलपर्थाबाट टिममा भित्र्यायो । सन्तोष भट्टालाई धनगढी ब्लुजले ९५ हजार रुपैयाँमा किनेटको छ । यस्तै रोविन क्षेत्रीलाई धनगढीले नै ६० हजारमा अनुबन्ध गर्यो । ललित भण्डारीलाई दुई लाख रुपैयामा बुटवलले अनुबन्ध गर्यो । साहव आलमलाई विराटनगरले गोलाप्रथाबाट एक लाख ५० हजारमा अनुबन्ध गर्यो ।

यस्तै भुवन कार्कीलाई चितवनले एक लाख ५० हजारमा अनुबन्ध गर्यो । जितेन्द्र मुखियालाई विराटनगर टाइगर्सले ७५ हजारमा अनुबन्ध गर्यो । यस्तै संकर रानालाई बुटवल ब्लास्टर्सले ८० हजार रुपैयामा खरिद गर्यो भने सन्दिप सुनारलाई धनगढी ब्लुजले ९० हजारमा अनुबन्ध गर्यो । राष्ट्रिय खेलाडी राजुश पुलामीलाई विराटनगरले न्युनतम एक लाख ५० हजारमा अनुबन्ध गर्यो । यस्तै कमलसिंह ऐरीलाई धनगढीले गोलप्रथाबाट एक लाख ५० हजारमा भित्रयायो । दिलिप नाथलाई धनगढीले नै दुई लाख ४० हजारमा अनुबन्ध गर्यो । रामनरेश गिरीलाई चितवनले ८५ हजारमा टिममा भित्र्यायो । सुशान भारीलाई एक लाख ५० हजारमा काठमाडौ रोयल्सले अनुबन्ध गर्न सफल भयो ।

यस्तै पुरन विकलाई बुटवल ब्लास्टर्सले बेस प्राइस ३० हजारमा भित्र्यायो । यस्तै सागर ढकाललाई धनगढी ब्लुजले एक लाख ३० हजारमा खरिद गर्यो । किशोर महतोलाई विराटनगरले ९० हजारमा अनुबन्ध गर्यो । पृथु बास्कोटालाई काठमाडौले एक लाख २० हजारमा टिममा भित्र्यायो । अमरसिंह रौटेलालाई काठमाडौ रोयल्सले गोलाप्रथाबाट एक लाख रुपैयामा खरिद गर्यो भने ललित राजवंशीलाई पोखरा पल्टनले एक लाख रुपैयामा किन्यो ।

करण केसीलाई चितवन राइनोजले गोलाप्रथाबाट दुई लाख ५० हजारमा टिममा भित्र्यायो । यस्तै रासिद खानलाई पोखरा पल्टनले ७० हजारमा अनुबन्ध गर्यो भने प्रदिप ऐरीलाई २ लाख ४० हजारमा विराटनगरले भित्र्यायो । सागर पुनलाई बुटवल ब्लास्टर्सले उत्ततम मुल्य दुई लाख ५० हजारमा गोलाप्रथाबाट अनुबन्ध गर्यो । हसिम अन्सारीलाई पनि बुटवलले नै ५० हजारमा टिममा भित्र्यायो । राजु रिजाललाई विराटनगरले ८५ हजारमा अनुबन्ध गर्यो । यस्तै नरेश बुढाऐरलाई काठमाडौले दुई लाख ४० हजारमा भित्र्यायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest