चाेटका कारण सकिव अल हसन ३ महिना टिमबाहिर

बंगलादेशी अलराउण्डर सकिव अल हसन चोटका कारण तीन महिना मैदान बाहिर हुने भएका छन । एशिया कपका बेला औंलाको चोटका कारण फाइनल अगाडी नै स्वदेश फकिएका हसनलाई तीन महिना नखेल्न सुझाव दिइएको छ ।

दुबईमा भएको प्रतियोगिताका बेला हसनको बाँया हातको औलामा चोट लागेको थियो । फाइनल अगाडी नै घर फर्किएका सकिवको आपतकालिन सल्यकृया गरेको थियो । जसका कारण उनी तीन महिना खेल्न नपाउने भएका छन । सल्यकृयामा संलग्न डाक्टरले औलाको चोटमुक्त हुन तीन महिना लाग्ने भएकाले आराम गर्न सल्लाह दिएका छन ।

युएईबाट फर्किएको दोस्रो दिन नै ढाका अस्पताल पुगेका सकिवलाई डाक्टरले तत्काल अपरेसन गर्न सुझाव दिएका थिए । उनको घाउ जोडिन दुई देखि तीन साता लाग्ने छ त्यसपछि ८ साता आराम गर्न सुझाव दिएका छन । एशिया कपमा सकिव घाइते भएपछि बंगलादेश टिम निकै दबावमा आएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest