यू-१९ एशिया कपः भाेली नेपालकाे सामना अफगानिस्तानसँग

एसीसी यू–१९ एशिया कपमा नेपालले भोली साविक विजेता अफगानिस्तानसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार विहान पौने नौ बजे सुरु हुनेछ ।

अन्तराष्ट्रिय क्रिकेटमा चिरपरिचित नेपाल र अफगानिस्तान गत संस्करणको प्रतियोगितामा पनि आमनेसामने भएका थिए । जसमा अफगानिस्तान ७ विकेटले विजयी भएको थियो । यसपटक पनि नेपालले पहिलो खेलमा नै भारतसँग एक सय ७१ रनको भारी हार ब्यहोरेको छ । यता अफगानिस्तानले युएइलाई ५ विकेटले पाखा लगाएको थियो ।

सेमिफाइनलको लक्ष्य राखेको नेपाल यदि भोली पराजित भएमा प्रतियोगिताबाट नै बाहिरीने छ । त्यसैले पनि नेपाललाई भोलीको खेल जित्ने पर्ने दबाव छ । भारत विरुद्ध कमजोर ब्याटिङ गरेको नेपालले भोलीको खेलमा केहि परिवर्तन गर्न सक्नेछ ।

प्रशिक्षक विनोद दाशले अफगानिस्तान डिफेन्डिङ च्याम्पियनका नाताले बलियो टिम हो । तर हामीपनि पहिलो खेलमा भएका गल्तिलाई सुधार्दै अफगानिस्तानलाई हराउने रणनितीमा खेल्ने बताए । अघिल्लो संस्करणमा भारतलाई हराएर सेमिफाइनल पुगेको नेपाल यसपटक भने केहि कमजोर देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest