इन्डाे नेपाल टी-२० क्रिकेट हुँने

कार्तिक पहिलो साता नेपाल र भारतको यू-१९ टोलीबीच ‘इण्डो नेपाल मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेट’ प्रतियोगिता हुने भएको छ ।

आयोजक सिडब्लुटी स्पोर्ट्स प्रालिले नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालि र महाकाली स्पोर्ट्स सोसाईटीको सहकार्यमा कार्तिक ४ देखि ८ सम्म मैत्रीपूर्ण प्रतियाेगिता गर्न लागेकाे हाे ।

मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा नेपाल र भारतका यू-१९ टिम विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी नेपाली टोलीको खेल सामग्री, बसोबास र यातायातको व्यवस्था आयोजकले गर्नेछ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest