नेपाली टिममा प्रदिपकाे ३ बर्षपछि कमब्याक

मलेसियामा हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएकाे छ । जसमा शरद भषवाकर र प्रदिप एेरीले कमब्याक गरेका छन । एेरीले ३ बर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका हुन।

नेपाली टिममा पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल , ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि, अनिल साह, बसन्त  रेग्मी,बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी, ललित भण्डारी, सन्दिप  लामिछाने,शरद भेसावकर र सोमपाल कामि रहेका छन।

शरद नेदरल्याण्ड बिरुद्ध पहिलो एकदिवसीय खेल्ने क्रममा हातको चोटको कारण एसिया कप छनौट खेल्न पाएका थिएनन् भने सन् २०१५ पछि प्रदिप ऐरि राष्ट्रिय टिमबाट बाहिर रहेका थिए।

सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपको लागि प्रारम्भिक छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यानमारको सामना गर्नेछ।

यस्तै दोस्रो खेल मलेसिया , तेस्रो खेल थाइल्याण्ड , चौथो खेल भुटान बिरुद्ध, पाँचौ खेल चीन बिरुद्ध र अन्तिम खेल सिंगापुर बिरुद्ध खेल्ने छ।

प्रतियाेगिताका लागि नेपाली टिम भाेली मलेसिया प्रस्थान गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest