यू-१९ एशिया कपः अफगानिस्तान विरूद्द नेपालले टस जितेर ब्याटिङ गर्ने

बंगलादेशमा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानविरुद्ध नेपालले टस जितेर व्याटिङ रोजेको छ ।

अन्तराष्ट्रिय क्रिकेटमा चिरपरिचित नेपाल र अफगानिस्तान गत संस्करणको प्रतियोगितामा पनि आमनेसामने भएका थिए । जसमा अफगानिस्तान ७ विकेटले विजयी भएको थियो । यसपटक पनि नेपालले पहिलो खेलमा नै भारतसँग एक सय ७१ रनको भारी हार ब्यहोरेको छ ।

प्रशिक्षक विनोद दाशले अफगानिस्तान डिफेन्डिङ च्याम्पियनका नाताले बलियो टिम हो । तर हामीपनि पहिलो खेलमा भएका गल्तिलाई सुधार्दै अफगानिस्तानलाई हराउने रणनितीमा खेल्ने बताए । अघिल्लो संस्करणमा भारतलाई हराएर सेमिफाइनल पुगेको नेपाल यसपटक भने केहि कमजोर देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest