विजेता बन्ने लक्ष्य सहित नेपाल मलेसिया उड्याे

आईसिसी टी–ट्वान्टी विश्वकप छनाेट अन्तर्गत एशिया सवक्षेत्रीय प्रतियाेगिताका लागि नेपाली टिम अाज मलेसिया प्रस्थान गर्दैछ ।

पारस खड्काको कप्तानीमा रहेको १४ सदसीय नेपाली टोली अपराह्न १ बजे मलेसिया प्रस्थान जानेछ । प्रतियाेगितामा नेपालसँगै मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्ड रहेका छन ।

नेपालले पहिलो खेलमा म्यानमारसंग बिहिबार खेल्नेछ भने दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा प्रतिस्पर्धा गर्नेछ । नेपालकाे तेस्राे प्रतिद्वन्दी थाइल्याण्ड रहेकाे छ ।

नेपाली टोलीमा प्रदिप ऐरीले पुनरागमन गरेका छन् । चोटका कारण प्रदीप सन् २०१५ पछि पहिलोपटक टिममा परेका हुन् ।

अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest