नेपालले अफगानिस्तानलाइ दियाे १३२ रनकाे लक्ष्य, ४ खेलाडीले मात्र दाेहाेराे अंक छाेए

एसीसी अन्डर नाइन्टिन एशिया कपमा नेपालले अफगानिस्तानलाई एक सय ३२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३८ ओभर दुई बलमा एक सय ३१ रनमा अलआउट भयो । नेपालका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुवात राम्रो गर्न नसकेको नेपालले १८ रनमा तीन विकेट खेर फाल्यो । नेपालका ओपनर रवीकुमार शाहमात्र दुई रनमा आउट भए भने सन्दिप जोराले खाता खोल्न सकेनन् ।

यस्तै रित गौतम १० रनमा पेभेलियन फर्किए । यदि नेपाल आज पराजित भएमा समुह चरणबाट नै बाहिरीनेछ । यसअघि नेपालले पहिलो खेलमा भारतसँग एक सय ७१ रनको हार ब्यहोरेको थियो । त्यसपछि क्रिजमा आएका पवन सराफ पनि खाता खोल्न नसक्दा नेपालले २१ रनमा चौथो विकेट खेर फाल्यो ।

पाँचौ विकेटका लागि कप्तान आशिफ शेख र रोहित पौडेलले ५३ रनको साझेदारी गर्दै टिमलाई सम्हलने प्रयास गरेका थिए । तर आसिफ २० रनमा आउट हुँदा नेपालले ७४ रनमा ५ विकेट खेर फाल्यो । लगत्तै भिम सार्कीपनि ५ रनमा आउट भएपछि नेपाल पुरै दबावमा पर्यो । एकपछि अर्को विकेट गुमाएको नेपालको स्कोर ८१ रन हुँदा ७ विकेट झरेको थियो ।

नेपालको पारीमा उत्कृष्ट ब्याटिङ गरेको रोहितकुमार पौडेल आउट भएपछि नेपालले एक सय ३१ रनमा नौ विकेट गुमायो । उनले ४६ रन बनाए । यस्तै रासिद खानले ३० रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest