यू- १९ एशिया कप, नेपालले पायाे २६९ रनकाे लक्ष्य, नेपाल ब्याटिङमा

एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईबाट २६९ रनको विजयलक्ष्य पाएको छ ।समूहका अघिल्ला दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिइसकेको नेपालका र युएईका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हो ।

बंगलादेशको साभरस्थित मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २६८ रनको योगफल बनायो । युएईका लागि फाहद नावाज ८४ र अंश टण्डनले ६७ रन बनाएका थिए । यी दुईले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरी टोलीलाई बलियो अवस्थामा पु¥याए ।

इनिङको अन्तिम २३ ओभरमा भने युएईले १ सय रनमात्र बनाउन सक्यो । सुरुआतमा कमजोर देखिएका नेपाली बलरहरुले इनिङको अन्त्यतिर आफ्नो प्रभाव कायम गरेका थिए । बलिङतर्फ नन्दन यादव, रशिद खान र पवन सर्राफले २–२ विकेट लिए भने सागर ढकाल र सोनु तामाङले १ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest