यू-१९ एशिया कपमा नेपालकाे सान्त्वना जित, युएइ ३ विकेटले पराजित

यू–१९ एशिया कपको समुह चरणको अन्तिम खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय ६८ रन बनाएको थियो । बलियो सुरुवात गरेको युएईले पहिलो विकेटका लागि एक सय ५९ रनको साझेदारी गरेको थियो ।

जसमा फाहाद नवाजले ८३ रन बनाए भने अन्सले ६७ रन जोडे । यस्तै ब्रान्डन आदम र मुहामदले १८–१८ रन थपे । बलिङ तर्फ नेपालका नन्दन यादव, रासिद खान र पवन सराफले दुई दुई विकेट लिए ।

जवाफमा नेपालले चार बल बाँकि हुदा ७ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । नेपालका जितमा रोहितकुमार पौडेलले ९२ तथा सन्दिप जोराले ६७ रन बनाए । यस्तै कप्तान आसिफ शेखले ३५ र रासिद खानले अविजीत २७ रनको योगदान गरे ।

जितपछि पनि नेपाल प्रतियोगिताबाट बाहिरीएको छ । यसअघिका लगातार दुई खेलमा नेपालले हार ब्यहोरेका कारण प्रतियोगिताबाट आउट भएको हो । नेपालले भारत र अफगानिस्तानसँग पराजय ब्यहोरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest