टी-२० विश्वकप एशिया सप रिजन छनाेट, नेपाल र म्यानमार खेल्दै

एशिया क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले अाज म्यानमारविरुद्ध खेल्दै आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्राकाे सुरुअात गर्दै छ।

मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले आफूहरू समूहविजेताकै हैसियतमा अघिल्लो चरण प्रवेश गर्ने बताएका थिए ।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् । नेपालले भने दोस्रो खेल अक्टोवर ६ मा मलेसियासँग खेल्नेछ । त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ।

समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest