नेपालले म्यानमारबाट पायाे मात्र ३० रनकाे लक्ष्य

आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया सव रिजनको छनोटमा नेपालले म्यानमारबाट मात्र ३० रनको लक्ष्य पाएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपाली बलरसामु सुरुवात देखि नै दबावमा आएको म्यानमारले चार रन बनाउदा पहिलो विकेट गुमायो । ललित भण्डारीले नेपाललाई पहिलो सफलता दिलाए ।

त्यसपछि ६ रन हुदा नेपालले दोस्रो विकेट लियो । यसपटक करण केसीले नेपालका लागि विकेट लिए । एकपछि अर्को विकेट गुमाएको म्यानमारले २८ रन बनाउदा ५ विकेट गुमायो । त्यसपछि अरु एक रन स्कोरबोर्डमा थप्दा टिम पुरै अलआउट भयो । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले ४ तथा ललित राजवंशीले तीन र ललित भण्डारी र करण केसीले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest