एशिया सवरिजन छनाेटमा नेपाल पहिलाे खेलमा विजयी, म्यानमार ८ विकेटले पराजित

आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया सव रिजनको छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पाखा लगायो ।

मलेसियाको बायुमास ओभल मैदानमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपाली बलरसामु सुरुवात देखि नै दबावमा आएको म्यानमारले चार रन बनाउदा पहिलो विकेट गुमायो । ललित भण्डारीले नेपाललाई पहिलो सफलता दिलाए ।

त्यसपछि ६ रन हुदा नेपालले दोस्रो विकेट लियो । यसपटक करण केसीले नेपालका लागि विकेट लिए । एकपछि अर्को विकेट गुमाएको म्यानमारले २८ रन बनाउदा ५ विकेट गुमायो । त्यसपछि अरु एक रन स्कोरबोर्डमा थप्दा टिम पुरै अलआउट भयो । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले ४ तथा ललित राजवंशीले तीन र ललित भण्डारी र करण केसीले एक एक विकेट लिए ।

जवाफमा नेपालले तीन ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालले पनि सुरुवात राम्रो गर्न सकेन । नेपालले स्कोरबोर्डमा रन नजोड्दै ओपनर प्रदिप ऐरीलाई गुमायो । उनले आफ्नो खाता खोल्न सकेनन ।

त्यसपछि अनिलकुमार शाह पनि ११ रनमा आउट भएपछि नेपालले १२ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि करण केसीले अविजीत १४ रन बनाउदा नेपालले सहज जित हात पार्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest