अफगानिस्तान प्रिमियर लिग खेल्न सन्दिप ढिलाे जाने

नेपाली स्पिनर सन्दिप लामिछानेले नेपालले खेलिरहेको टी–२० विश्वकप छनोट अन्तर्गत एशिया सब रिजनको प्रतियोगिता पछि मात्र अफगानिस्तान प्रिमियर लिग खेल्न जानेछन ।

शुक्रबारबाट दुबईमा सुरु हुने प्रतियोगितामा सन्दिपले कान्धार नाइट्सबाट प्रतियोगिता खेल्नेछन । तर मलेसियामा नेपालले एशिया सव रिजन छनोट खेलिरहेका कारण सन्दिपले एपिएलको सुरुवाती केहि खेल गुमाउनेछन ।

सन्दिपको टिम कान्धारले ६ तारिखमा पहिलो खेल खेल्दैछ । उनि सो खेलमा मात्र होइन त्यसपछि अरु दुई खेलपनि खेल्ने संभावना न्युन रहेको छ ।

नेपालले खेलिरहेको छनोट प्रतियोगिता अक्टोबर १२ तारिखसम्म चल्नेछ । सो बेलासम्म सन्दिपको टिम कान्धारले एपिएलमा चार खेल खेलिसकेको हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest