दक्षिण अफ्रिकाकाे जितमा ताहिरकाे ह्याट्रिक

जिम्बावे विरुद्धको दोस्रो एकदिवसिय खेलमा इमरान ताहिरले ह्याट्रिक लिएपछि दक्षिण अफ्रिकाले एक सय २० रनको सहज जित हात पारेको छ । जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृखंला दुई शुन्यले आफनो पक्षमा पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४७ ओभर तीन बलमा एक सय ९८ रनमा अलआउट भयो । एक सय एक रन बनाउदा सात विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि डेल स्टेनले ६० रनको योगदान गरे । यस्तै एडिन मार्करमले ३५ तथा क्रिस्टियन जोनकेरले २५ रनको योगदान गरे ।

जवाफमा इमरान ताहिरको घातक बलिङका कारण जिम्बावे २४ ओभरमा मात्र ७८ रनमा अलआउट भयो । ताहिरले एकदिवसिय ह्याट्रिक लिन सफल भए । जिम्बावेका तीन खेलाडीले मात्र दोहोरो अंक छोए । जसमा कप्तान हामिल्टन मासाकाजाले सर्वाधिक २७ रन बनाए । ताहिरले चिगुम्बारा, मुर र माभुतालाई आउट गर्दै ह्याट्रिक लिए । पुरै पारीमा ६ विकेट लिएका ताहिरले कुल २४ रन खर्चिए, जसमा एक मेडेन ओभर थियो । उनले १९ ओभरको अन्तिम बल र २० औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest