सन्दिपका अाइपिएल समकक्षी पृथ्वीकाे डेब्यु खेलमा नै सतक

भारतीय टेष्ट क्रिकेट टिममा डेब्यु गरेका पृथ्वी शाहले पहिलो खेलमा नै सतक प्रहार गरेका छन ।

वेष्ट इन्डिज विरुद्धको टेष्टमा भारतको पारीलाई सुरुवात गर्ने जिम्मा पाएका पृथ्वीले उत्कृष्ट ब्याटिङ गर्दै सतक प्रहार गरे । टेष्टको डेब्यु खेलमा नै सतक बनाउनै पृथ्वी १५ औं भारतीय खेलाडी बने भने समग्रमा एक सय छैटौ खेलाडी बने ।

यस्तै टेष्ट क्रिकेटमा सतक बनाउने उनि चौथो कान्छो खेलाडी पनि बने । उनले ९८ बलमा सतक प्रहार गरेका हुन । सतक बनाउने क्रममा उनले अन्तिममा दुई रन लिएका थिए । यतिमात्र होइन उनले कुल १५ चौका पनि प्रहार गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest