एभरेस्ट प्रिमियर लिग मंसिर २२ गतेदेखि

एभरेस्ट प्रिमियर लिग इपीएलको दोस्रो संस्करण मंसिर २२ गतेदेखि हुने भएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ संस्करणको मिति घोषणा गरेको हो । प्रतियोगिता पुस ७ गतेसम्म संचालन हुनेछ । टि–२० को फम्र्याटमा हुने यो प्रतियोगितामा ६ टिमको सहभागिता रहने इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले जानकारी गराए ।

प्रतियोगितामा तीन जना विदेशी खेलाडी अनिवार्य गरिएको छ । जसमा चितवन टाइगर्सले आयरल्याण्डका केभिन ओब्राइन र युएईका कप्तान रोहन मुस्ताफालाई अनुबन्ध गरिकेको छ ।

प्रतियोगितामा चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स, विराटनगर वारियर्स, काठमाडौं किंग्स, ललितपुर प्याट्रियट्स र पोखरा राहिनोजको सहभागिता रहेको छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु कीर्तिपुर स्थित त्रिभूवन विश्वविद्यालयको मैदानमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest