नेपालले भाेली मलेसियासँग खेल्दै

आईसीसी टि -२० विश्वकप एसिया रिजन छनौट अन्तर्गत नेपालले दोश्रो खेलमा भाेली ( शनिबार ) मलेसियाको सामना गर्नेछ। याे खेल नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारलाई दिएकाे ३० रनको लक्ष्य ३ ओभरमै २ विकेट गुमाएर भेटाएको थियो।

मलेसियाले भने पहिलो खेलमा भूटानलई ६७ रनले पराजित गरेको थियो ।

नेपालले मलेसियासंग टि-१० फर्म्याटमा यसअघि सन् २०१३ मा नेपालमा भएकाे एसीसी टि-२० मा खेलेको थियो। जसमा नेपाल १९ रनले बिजयी भएकाे थियाे । साे खेलमा पारस खड्काले ८७ रन बनाएका थिए ।

५० ओभर फर्म्याटमा भने नेपालले गत महिना एसिया कप छनौट प्रतियोगितामा मलेसियासंग खेल्दा १९ रनले बिजयी भएको थियो।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest