भारत र श्रीलंका यू-१९ एशिया कपकाे फाइनलमा

यु-१९ एसिया कपको उपाधिको लागि भारत र श्रीलंका भिड्ने भएका छन ।

बंगलादेशमा भएकाे दाेस्राे सेमिफाइनलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । २१० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ४८ अाेभर ३ ओभरमा १७८ रनमा अलअाउट भयाे ।

भारतले बंगलादेशलाई २ रनले पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेकाे छ । फाइनल खेल आइतबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest