मलेसिया विरूद्द सन्दिप र साेमपाल हावी

आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा नेपालले अहिले मलेसियासँग खेलिरहेको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा जारी खेलमा घरेलु टिमले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आज पनि मलेसियालाई सुरुवात देखि नै दबावमा राख्न सफल भयो ।

प्रतियोगिताको विजेता बन्ने लक्ष्य सहित मलेसिया पुगेको नेपालले घरेलु टिमको स्कोर ३० रन हुदा पहिलो सफलता हात पार्यो । उसका सेइद इजाजलाई १३ रनमा सन्दिप लामिछानेले पेभेलियन फर्काए । त्यसपछि मलेसियाको स्कोर ३६ रन हुदा सन्दिपले नै सुहानलाई ब्यक्तिगत ५ रनमा आउट गरे ।

त्यसपछि सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिएपछि मलेसियाले ७५ रनमा ४ विकेट गुमायो । उनले अहमद फेइजलाई सात रनमा आउट गरे भने मुहम्मद सेहादतलाई खाता खोल्न दिएनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest