पाकिस्तानी क्रिकेट बाेर्डले लगायाे सहजादमाथि ४ महिनाकाे प्रतिबन्ध

पाकिस्तान क्रिकेट बोर्डले अहमद सहजादलाई ४ महिनाको प्रतिबन्ध लगाएको छ ।

बोर्डको एन्टी डोपिङ नियम तोडेको भन्दै जुलाई १० बाट लागु हुनेगरी सहजादलाई प्रतिबन्ध लगाएको हो । पाकिस्तानको घरेलु प्रतियोगितामा सहजादको डोपिङ टेष्ट हुँदा उनी पोजेटिभ पाइएपछि उनलाई प्रतिबन्ध लगाएको हो ।

सहजादलाई बोर्डले दुई वटा प्रतिबन्धीत ओषधी प्रयोग गरेको प्रमाणित गरेको छ । सहजादले पनि आफुले औषधी लिएको स्विकार गरेका छन । उनले चार महिना घरेलु र अन्तराष्ट्रिय प्रतिबन्ध भोग्नुका साथै एन्टी डोपिङ सम्बन्धी कक्षा पनि लिनु पर्ने भएको छ । उनलाई रिह्याबमा पनि जानुपर्ने भएको छ । उनको प्रतिबन्ध नोभेम्बर १० मा सकिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest