वेष्टइन्डिज विरूद्द भारत एक इनिङ र २७२ रनले विजयी

वेस्टइन्डिजविरुद्धको पहिलो टेस्टमा भारत एक इनिङ २ सय ७२ रनले विजयी भएको छ । फलो अनमा परेको वेस्टइन्डिजले तेस्रो दिननै दुवै पारी भारतले समेटेको थियो ।

६ सय ९४ रन बनाएर पहिलो पारी समाप्त गरेको भारतले दोस्रो पारी खेल्नै परेन् । पहिलो पारीमा १८१ रन बनाउँदा अल आउट भएको वेस्टइन्डिज फलो अनमा पर्दै आजै दोस्रो पारी शुरु गरेको थियो । तर वेस्टइन्डिज दोस्रो पारिमा जम्मा ५० दशमलब ५ ओभर खेल्दै १९६ रनमा समेटिए पछि भारतलाई ठूलो अन्तरको सफलता हात लागेको हो ।

भारतलाई सफलता दिलाउन मोहम्मद सामीले ५ विकेट लिदा राविन्द्र जडेजाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट हात पारे । वेस्टइन्डिजका किरन पावेलले ८३ रन बनाउनु बाहेक अरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

टस जिति पहिले ब्याटिङ गरको भारतले डेढ दिनमा विशाल योगफल तयार पारेको थियो । भारतका लागि डेब्यु टेस्ट खेलिरहेका पृथ्बी साहले १३४, कप्तान विराट कोहलीले १३९ तथा अजिंक्या रहाणेले नट आउट १ सय रन बनाएका थिए ।

वेस्टइन्डिजलाई फलो अनमा पार्नका लागि भारतका रविचन्द्र आश्विनले ४ तथा मोहम्मद सामीले २ विकेट लिएका थिए । वेस्टइन्डिजले पहिलो पारीमा १८१ रनमै समेटिए पछि ४६८ रनले पछि पर्दै फलो अनमा रहेर फेरि ब्याटिङ शुरु गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest