नेपालले थाइल्याण्डबाट पायाे १७३ रनकाे लक्ष्य, बर्षाले खेल राेकियाे

आईसीसी टी–ट्वान्टी विश्व कप छनोंटमा थाइल्याण्डलाई नेपालको १७३ रनको चुनौती दिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको छ ।

अन्तिम ओभरमा नेपालका करन केसीले लगातार ३ छक्का प्रहार गरे पछि नेपालको इनिङ उकासेका थिए ।
ओपनिङ आएका अनिल साह र विनोद भण्डारी तथा दीपेन्द्रसिंह ऐरी आउट भइसकेका छन् । अनिल साह २५ रन बनाएर आउट हुँदा विनोद भण्डारी १५ रनमा पेभेलियन फर्किए ।

२८ रन बनाएकाबेला विनोद भण्डारीलाई गुमाएको नेपालले ५४ रनको स्कोर हुँदा अनिल साहलाई गुमाएको थियो । त्यसपछि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी अगाडी बढाएका थिए । तर दिपेन्द्रसिंह ऐरी नेपालको ९९ रन भएका बेला व्यक्तिगत ३० रनमा आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख व्यक्तिगत ८ रन बनाउँदै आउट भए । नेपालले ११२ रन हुँदा ४ विकेट गुमाएपछि कप्तान पारस खड्का मैदान आएका थिए ।
तर ११५ रन हुँदा सेरद आउट भएका थिए । सरद ३४ रन बनाउँदै आउट भएका थिए । १२१ रनहुँदा नेपालका पारस खड्का ५ रनमा आउट भएका थिए । त्यसपछि १२८ रन हुँदा ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भएका थिए । त्यसपछि मैदान आएका करन केसीले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरमा पुर्याएका थिए ।

अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेका करनले समग्रमा १४ बल खेल्दै ४० रनमा नट आउट रहे । यसैगरी सोमपाल कामी पनि ४ रनमा नट आउट रहे ।
थाइल्याण्डका पायुपुठ संग्राडले सर्वाधिक ४ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest