यू-१९ एसिया कपकाे उपाधि भारतकाे पाेल्टामा

एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । फाइनलमा श्रीलंकालाई १ सय ४४ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओरभमा ३ विकेटको क्षतिमा ३ सय ४ रन बनाएकाे थियाे ।

भारत लागि यशस्वा जैसवालले ८५, अनुज राउत ५७,आयुष बादोनी ५२, प्रभा सिमरन सिंह ६५ र देभदत्त पड्कलले ३१ रन बनाएका थिए । श्रीलंकाका लागि कलना परेरा ,कालरा शमिन्डा सेनारत्न र दुनीथ नेथमिकाले समान एक विकेट लिए ।

भारतले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याएको श्रीलंका ३८ अाेभर चार बलमा १ सय ६० रनमा अलअाउट भयाे । टोलीका लागि निशान मधुशकाले ४९ ,डान पासिन्डु सन्जुलाले ३१ ,नबोद दिनुश्री ४८ र निपुन धनान्जयले १२ रन बनाउन बाहेक अन्य कुनै खेलाडीले राम्राे खेल्न सकेन ।

श्रीलंकालाई सस्तैमा रोक्दै भारतका हर्ष त्यागीले ६ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest