पाेलार्डकाे राष्ट्रिय टिममा कमब्याक

वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड करीव एक बर्षपछि वेष्ट इन्डिजकाे राष्ट्रिय टिममा फर्किएका छन । भारत विरुद्धको तीन टी–२० खेलका लागि १५ सदस्यीय टिममा पाेलार्डपनि परेका छन।

आगामी नोभेम्बर ४ देखि हुने प्रतियोगिताका लागि पाेलार्डलाइ वेस्ट इन्डिजकाे छनौट समितिले कमब्याक गराएकाे हाे ।

टीममा नयाँ खेलाडीमा चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमस रहेका छन् । आगामी सन् २०१९ मा हुने क्रिकेट विश्वकपलाइ समेत ध्यान दिएर नयाँ खेलाडी छनौट गरिएको हाे ।

हाल अफगानिस्तान प्रिमियर लिग खेलिरहेका आक्रामक ब्याट्सम्यान क्रिस गेल भने भारत र बंगलादेश विरुद्धको खेलमा टिममा परेनन । भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा पाँचवटा एक दिवसीय क्रिकेट खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest