पाेखरा प्रिमियर लिगलाइ अाइसीसीकाे मान्यता

आगामी कात्तिक ९ गतेदेखि पोखरा रंगशालामा आयोजना हुन लागेको पोखरा प्रिमियर लिगका लागि आईसीसीले अनुमति दिएको छ ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेको अवस्थामा आईसीसीले नै नेपाली क्रिकेटको नियमन गर्दै आएको छ । यसकारण पोखरा प्रिमियर लिगजस्ता घरेलु प्रतियोगिताका लागि आईसीसीको अनुमति आवश्यक परेको हो ।

पोखरा प्रिमियर लिगका आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले सोमबार आईसीसीको अनुमतिपत्र आएको जानकारी दिए । त्यसबापत आयोजकले २० हजार अमेरिकी डलर तिर्नुपर्नेछ । उक्त रकम नेपाली क्रिकेटको बिकाशका लागि खर्च हुनेछ ।

पोखरा रंगशालाको स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको आयोजक संस्थाका प्रवन्ध निर्देशक लामाले जानकारी दिएका छन् । भारतीय क्युरेटरको समन्वयमा पीच निर्माण कार्य भइरहेको तथा अन्तर्राष्ट्रियस्तरको आउटफिल्ड बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्राकृतिक रुपमा रमणीय पोखरामा क्रिकेट क्रेज बढाएर भविश्यमा सुविधासम्पन्न रंगशालासहित न्युट्रल भेन्यूको रुपमा बिकास गर्ने उद्देश्यले पोखरा प्रिमियर लिगको आयोजना गरिएको लामाले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest