आइसीसी टी–२० विश्वकप छनोट एशिया सव-रिजनः नेपालले भाेली भुटानसँग खेल्ने

आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एशिया सव-रिजनमा नेपालले भोली भुटानसँग खेल्नेछ ।

मलेसियाको यूकेएम ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार विहान पौने ८ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित टिम रहेको छ । उनले खेलको तीनै खेलमा भारी अन्तरको जित निकालेको छ ।

पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराउँदा दोस्रो खेलमा मलेसियालाई पनि ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनले पाखा लगाएको थियो । यता भुटानले तीन खेलमा दुई हार र एक जित निकालेको छ । उसले एकमात्र जित चीन विरुद्ध निकालेको थियो ।

टी–२० मा नेपाल र भुटान पहिलो पटक खेल्दैछन । यसअघि ५० ओभरको खेलमा नेपाल र भुटान इमर्जिङ कपमा खेलका थिए । यो प्रतियोगिताको उपाधि दावेदार मानिएको नेपालले भुटान विरुद्ध पनि सहज जित निकाल्ने अनुमान गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest