अाइसीसीले हङकङका ३ खेलाडीलाई निलम्बनमा पार्याे

अन्तराष्ट्रिय क्रिकेट परिषदले एन्टी करप्सन कोड विपरित काम गरेको भन्दै तीन जना हङकङका क्रिकेट खेलाडीलाई निलम्बन गरेको छ ।
आइसीसीले आफ्नो एन्टी करप्सन कोड उलंघन गरेको भन्दै इरफान अहमद, नदिम अहमद र हसीव अम्जादलाई निलम्बन गरेको हो । इरफान अहमदले नौ वटा कोडको उलंघन गरेको आइसीसीले ठहर गरेको छ भने नदिम र हसीवले पाच कोड विपरित काम गरेको बताएको छ ।

इरफानले स्कटल्याण्ड विरुद्धको खेलमा फिक्सिङ गर्न खोजेको तथा क्यानडा विरुद्धको खेलमा पनि आइसीसीको नियम विपरित काम गरेको बताएको छ ।

यस्तै नदिम र हसीवले पनि क्यानडा र स्कटल्याण्ड विरुद्ध फिक्सिङ गर्न खोजेको आरोप लगाएको छ । इराफान २०१६ देखि नै निलम्बनमा छन भने अरु दुई खेलाडी आजको दिनबाट लागु हुनेगरि निलम्बनमा पारेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest