अस्ट्रेलियामा सन् २०२० मा हुने टि-२० बिश्वकपको छनोटको लक्ष्यमा रहेका ६२ देशहरू यतिबेला विभिन्न छनाेट चरण खेलिरहेका छन । यस्तैमा नेपाल एशिया उपक्षेत्रीय प्रतियाेगिता खेलिरहेकाे छ । नेपाल २०२० काे विश्वकपमा कसरी छनाेट हुन सक्ला त । यसका लागि नेपालले ३ वटा छनाेट चरण खेल्नुपर्नेछ ।
नेपालले अहिले खेलिरहेकाे सब रिजनमा मलेसिया, भुटान, म्यानमार, चीन, सिङापुर, थाइल्यान्ड रहेका छन । यसबाट शिर्ष ३ टिमले एशियन रिजन छनाेटमा जानेछन । यसका लागि नेपाल लगभग पुगिसकेकाे अवस्थामा रहेकाे छ । किनकी अब अप्रत्यासित हारले मात्र नेपालकाे याे यात्रा कठिन हाेला
शिर्ष स्थानमा रहने लक्ष्यमा रहेकाे नेपालले पहिलाे चरण पार गरिसकेकाे अवस्था छ ।
एसियन सब रिजनल छनाेटमा रहेका ए र बी गरी आउने ६ टिमहरु बिच एसियाली क्षेत्रीय छनोट हुनेछ। यसबाट २ टिम मात्र टि-२० बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन । हाल एसियन सब रिजनल ‘ए’ बाट युएइ, कुवेत, कतार एशियाली क्षेत्रीय छनाेटमा पुगिसकेका छन । अब नेपालले एशियन छनाेटमा शिर्ष २ मा पर्नुपर्नेछ ।
एसियाली छनाेटबाट अाएका २ टिमसहित अन्य क्षेत्रीय छनाेटबाट अाएका ६ टिम र यहि बर्षकाे डिसेम्बरसम्मकाे अाइसीसी बरियतामा ११ देखि १६ मा पर्ने टिम गरेर कुल १४ टिम विच ग्लाेबल छनाेट हुनेछ । जसबाट शिर्ष ६ टिमले विश्वकप स्थान बनाउनेछन । नेपालले अन्तिम छनाेटमा शिर्ष ६ मा पर्न सकेमा दाेस्राे पटक टी-२० विश्वकप खेल्नेछ।
तर याे छनाेट प्रतियाेगितामा नेपालले बलिया टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यसअघि पहिलाे पटक टी-२० विश्वकप खेल्दा नेपालले छनाेट चरणमा उत्कृष्ट प्रदर्शन गरेकाे थियाे । यसपटक पनि नेपाली टिमले त्याे लक्ष्य हासिल गर्नसक्ला त ?