नेपालद्वारा भुटानलाइ १५१ रनकाे लक्ष्य, प्रदिपकाे अर्धसतक

आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटमा नेपालले भुटानलाई एक सय ५१ रनको लक्ष्य दिएको छ ।

युकेएम ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउदै एक सय ५० रन बनायो । तुलनात्मक रुपमा कमजोर टिम भुटान विरुद्धसुरुवात भने राम्रो गर्न सकेन ।

ज्ञानेन्द्र मल्लको स्थानमा प्रदिप ऐरीलाई टिममा राखेको नेपालले ६ रन हुँदा पहिलो विकेट गुमायो । ओपनरका रुपमा आएका विनोद भण्डारी खाता खोल्न नपाउदै आउट भए । त्यसपछि दोस्रो विकेटका लागि अनिल शाह र प्रदिप ऐरी विच ६६ रनको साझेदारी हुँदा नेपालले खेलमा पकड बनायो । तर अनिल २७ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो ।

भुटानमाथि हावी हुन खोजेको नेपालको स्कोर एक सय पाँच रन हुँदा तेस्रो विकेट झर्यो । आरिफ शेख १३ रनमा आउट हुन पुगे । त्यसपछि दिपेन्द्र ऐरी पनि १५ रनमा पेभेलियन फर्किएपछि नेपालले एक सय २७ रनमा चौथो विकेट गुमायो । नेपालका लागि प्रदिप ऐरीले अविजीत ७५ब रन बनाए भने करण केसीले ११ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest