नेपालद्वारा भुटान ११७ रनले पराजित

आइसीसी टी–२० विश्वकप अन्तर्गत एशियाउपक्षेत्रीय छनोटमा नेपालले लगातार चौथो जित निकालको छ । आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित गर्यो ।

युकेएम ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउदै एक सय ५० रन बनायो । तुलनात्मक रुपमा कमजोर टिम भुटान विरुद्धसुरुवात भने राम्रो गर्न सकेन । ज्ञानेन्द्र मल्लको स्थानमा प्रदिप ऐरीलाई टिममा राखेको नेपालले ६ रन हुँदा पहिलो विकेट गुमायो ।

ओपनरका रुपमा आएका विनोद भण्डारी खाता खोल्न नपाउदै आउट भए । त्यसपछि दोस्रो विकेटका लागि अनिल शाह र प्रदिप ऐरी विच ६६ रनको साझेदारी हुँदा नेपालले खेलमा पकड बनायो । तर अनिल २७ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो । भुटानमाथि हावी हुन खोजेको नेपालको स्कोर एक सय पाँच रन हुँदा तेस्रो विकेट झर्यो । आरिफ शेख १३ रनमा आउट हुन पुगे ।

त्यसपछि दिपेन्द्र ऐरी पनि १५ रनमा पेभेलियन फर्किएपछि नेपालले एक सय २७ रनमा चौथो विकेट गुमायो । नेपालका लागि प्रदिप ऐरीले अविजीत ७५ रन बनाए भने करण केसीले ११ रनको योगदान गरे ।

जवाफमा नेपाली दुई स्पिनरको अगाडी कमजोर देखिएको भुटान १६ ओभर तीन बलमा ३३ रनमा अलआउट भयो ।
नेपालले भुटानको स्कोरबोर्डमा एक रन पनि नहुदा दुई विकेट लियो । ललीत राजवंशीले एकै ओभरमा लगातार दुई विकेट लिए । त्यसपछि भुटानको स्कोर चार रन हुदा सन्दिपले नेपाललाई तेस्रो सफलता दिलाए ।

सन्दिपले पनि एकैओभरमा भुटानका दुई खेलाडी आउट गरे । त्यसपछि पनि यी दुई बलरले भुटानका खेलाडीलाई पुरै दबावमा राख्दै एकपछि अर्को विकेट लिए । जसमा भुटानको स्कोर नौ रन हुँदा ६ विकेट झर्यो । ललितले चार ओभरमा चार रन खर्चिदै तीन विकेट लिए भने सन्दिपले चार ओभरमा ६ रन खर्चिए । दुबैले दुई दुई ओभर मेडेन राखेका थिए ।

भुटानका एक खेलाडीले मात्र दोहोरो अंक जोड्दा बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । नेपालका लागि बसन्त रेग्मीले दुई तथा दिपेन्द्र ऐरी र शरद भेषवाकरले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest