चिन माथि नेपाल को सजिलो जित

नेपालले टि ट्वान्टी विश्वकप, एशिया उप क्षेत्रीय छनोटमा लगातार पांचौ जीत हात पारेको छ । आज भएको खेलमा नेपलले चीनलाइ दश विकेटले पराजित गर्‍यो ।

बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ राजेपछि ब्याटिङमा उत्रिएको चीन १३ ओभरमा मात्र २६ रनमा अल आउट भएको थियो । २१ रन हुदा दुइ विकेट गुमाएको चीन थप पांच रन जोड्दा अल आउट भयो ।

चीनका लागि होङ जियाङ यानले सर्वाधिक एघार रन जोडे । बांकी कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । उसका सात खेलाडी शुन्यमा आउट भएका थिए ।

नेपालका लागि संदिप लामिछाने, बसन्त रेग्मी र ललित राजबंशीले तीन तीन विकेट लिए ।

जवाफमा २७ रनको लक्ष्य नेपालले एघार वलमा विना नोक्सानी पुरा गर्‍यो । नेपालको जीतमा विनोद भन्डारीले २४ र प्रदि ऐरीले चार रन जोडे ।

चीनको यो लगातार चौथो हार हो भने नेपालको लगातार चौथो जित हो । नेपालले अब अन्तिम खेलमा पर्सी सिंगापुर संग खेल्नेछ ।

नेपाल र सिंगापुर दुवैले दोस्रो चरणको छनौटमा स्थान बनाइसकेका छन । जारी प्रतियोगितामा अपराजित रहेको नेपालले आफ्नो पहिलो खेलमा म्यानम्यारलाइ आठ विकेट, मलेसियालाइ आठ विकेट, थाइल्यान्डलाइ एक सय ४० रन र भुटानलाइ एक सय १७ रनले पराजित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest