Cricnepal.com
Monday, January 25, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series1
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

किर्तीमानकाे नजिक पुगेका सन्दिपले कमाएकाे नाम र दाम

by cricnepal.com Staff
October 11, 2018
0

कुरा एक वर्ष अगाडिकाे मात्र हाे, जब एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) का लागि खेलाडीको वर्गीकरणको सूची सार्वजनिक भएकाे थियाे, तर युवा बलर सन्दीप लामिछाने प्रतियोगिताको ‘ए’ ग्रेडमा परेनन् । सन्दीप त्यतिबेला ‘बी’ ग्रेडमा परे । कारण थियाे उनकाे अनुभव । क्षमतामा अब्बल भएपनि उनलार्इ अनुभवकाे कमीले धाेका दियाे ।

सन् २०१५ को अप्रिलमा नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पिनयसिपबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका सन्दिप याे प्रतियाेगिता खेल्दा मात्र २ बर्षकाे अनुभव थियाे । जवकि ए ग्रेडमा पर्न ३ बर्ष खेलेकाे हुनुपर्ने थियाे ।

तर, यतिबेला सन्दिपकाे नाम ए ग्रेडमा पनि पहिलाे नम्वरमा पर्न थालेकाे मात्र छैन, पाेखरा प्रिमियर लिगमा विराटनगर टिमका मार्की खेलाडी छन् उनी । मार्की खेलाडीले प्रतियोगितामा कम्तीमा ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  विराटनगरले उनलाई दुई साता चल्ने प्रतियोगिताका लागि कम्तिमा ५ लाख रुपैयाँ दिएको बताइएकाे छ ।

ईपीएल सम्पन्न भएको र अहिलेसम्मकाे १० महिनामा सन्दीपको यात्रा भने कुनै सपना देखे जस्ताे छ । जुन किसिमकाे चर्चा र सफलता उनले पाए, ब्यक्तिगत रूपमा मनग्य पनि अाम्दानी गरे । १८ वर्षमा दाैडिरहेका सन्दिप खेलेरै करोडपति भएका छन् । साेच्दा पनि अनाैठाे लाग्नसक्छ कतिपयलार्इ, तर सन्दिपका लागि याे कुनै अनाैठाे पक्ष हाेइन, किनकि उनकाे क्षमताले उनलार्इ कराेडपती बनाएकाे छ ।

नोभेम्बरमा युएईको शारजाँहमा हुने टी–१० लिगको सिजन–२ का लागि केरला किङ्गसले अनुबन्धन गरेपछि सन्दीपले विदेशमा खेल्दा पाउने पारिश्रमिक रकमले कराेड छाेएकाे छ । साे प्रतियाेगिताबाफत सन्दीपले ३० हजार डलर (३४ लाख ८० हजार रूपैंया) पारिश्रमिक प्राप्त गर्नेछन् । सन्दीपले प्राप्त गर्न लागेको यो दोस्रो ठूलो रकम हो । यसअघि उनले ग्लोबल टी–२० क्यानाडा लिग खेल्दा ४० हजार डलर (४६ लाख ४० हजार रूपैंया) बुझेका थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दीपले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा उभ्याएका थिए । त्यसमा उनले २० लाख भारू (३२ लाख रूपैंया) पारिश्रमिक पाएका थिए ।

क्यारेबियन प्रिमियर लिग सीपीएलमा वेस्ट इन्डिजका हस्ती क्रिस गेलसँगै खेलेका लामिछानेले त्यहाँ ५ हजार डलर (५ लाख ८० हजार रूपैंया) प्राप्त गरेका थिए । अहिलेसम्म सन्दीपले विदेशी फ्रेन्चाइज लिग खेल्दा पाएको कुल रकमले १ लाख डलर (१ करोड १६ लाख रूपैंया) नाघेको छ । युएईको शारजाँहमै अक्टोबर ५ देखि २१ सम्म अफगानिस्तान प्रिमियर लिग हुँदैछ । सन्दीपलाई नान्गहरले एसोसिएट खेलाडीका रूपमा लिएको छ । त्यसबापत उनले १५ हजार डलर (१७ लाख ४० हजार रूपैंया) बुझ्नेछन् ।

सन्दिपले जुन किसिमकाे कमाइ याे एक बर्षमा गरे त्याे अाश्चार्यमान्य कुरा भने हाेइन, तर, नेपाली खेलाडीले पनि अवसर पायाे भने नाममात्र हाेइन दाम पनि कमाउनछन् भन्रे प्रमाणित गरेका छन् ।

मलेसियामा पनि उनी एकै प्रतियाेगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्न मात्र २ विकेटले पछाडी छन । ५ खेलमा उनले २० विकेट लिएका छन । उनले सिंगापुर विरूद्द २ विकेट लिएमा बसन्त रेग्मी र विनाेद दाशकाे रेकर्ड ताेड्नेछन् । उनले एकै प्रतियाेगितामा २१ विकेटसम्म लिएका छन् ।

विदेशी लिगबाट सन्दीपको कमाइ

इन्डियन प्रिमियर लिग – २० हजार डलर (२३ लाख २० हजार रूपैंया)

ग्लोबल टी–२० क्यानाडा लिग – ४० हजार डलर (४६ लाख ४० हजार रूपैंया)

क्यारेबियन प्रिमियर लिग – ५ हजार डलर (५ लाख ८० हजार रूपैंया)

अफगानिस्तान प्रिमियर लिग – १५ हजार डलर (१७ लाख ४० हजार रूपैंया)

टी–१० लिग – ३० हजार डलर (३४ लाख ८० हजार रूपैंया)

सम्बन्धित समाचार

श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ६ विकेटले विजयी

एपीएफविजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनलमा

पुलिस पीएम कपको सेमिफाइनलमा

एपीएफले आर्मीलाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत

प्रदेश दुईले पुलिसलाई एक सय ७० रनको लक्ष्य

सांगाकारा राजस्थानको क्रिकेट डाइरेक्टर

Load More
Next Post

सिंगापुर विरूद्द एक विकेट लिएका सन्दिपले बनाए रेकर्ड

सन्दिपकाे नयाँ किर्तीमान

January 25, 2021
Match 20
PRO-2
169/7
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
APF
240/10
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
BAG
220/9
LUM
220/10
Scorecard | Series Home
January 24, 2021
Match 17
PRO-2
195/10
SUD
196/7
Scorecard | Series Home
January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home
January 23, 2021
Match 15
APF
218/10
Karnali
147/10
Scorecard | Series Home

मुख्य समाचार

श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ६ विकेटले विजयी

एपीएफविजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनलमा

पुलिस पीएम कपको सेमिफाइनलमा

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal