सिंगापुर विरूद्द एक विकेट लिएका सन्दिपले बनाए रेकर्ड

मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा अहिले सिंगापुर विरुद्ध खेलिरहेको छ । जसमा नेपाली बलर सन्दिप लामिछानेले एक विकेट लिएसँगै बसन्त रेग्मी र विनाेद दाशकाे एकै प्रतियाेगितामा धरै विकेट लिने रेकर्ड बराबरी गरे ।

उमेर समुहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेको नाममा रहेको छ। उनले गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै किर्तिमान कायम गरेका थिए।

सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको छ। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए। यु-१९ स्तरमा राहुल बिश्वकर्माले सन् २०११ को यु-१९ बिश्वकप छनौट प्रतियोगितामा समान २१ विकेट नै लिएका थिए।

जसमा सन्दिपले ६ खेलमा २१ विकेट लिदै किर्तीमान बराबरी गरेका छन । सिंगापुर विरूद्द उनले एक विकेट लिएसँगै विनाेद र बसन्तकाे रेकर्ड बराबरी गरेका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest