नेपालले सिंगापुरबाट पायाे मात्र ८२ रनकाे लक्ष्य

मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा सिंगापुरबाट ८२ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रनमा अलआउट भयो । विरुद्ध नेपालले सुरुवात देखि नै दबाव सिर्जना गर्यो । सिंगापुरको स्कोर चार रन हुदा पहिलो विकेट झरेको थियो । त्यसपछि १५ रनमा दोस्रो विकेट खेर फालेको सिंगापुरले ३२ रनमा तेस्रो विकेट गुमायो ।

बर्षाका कारण केहिबेर रोकिएको खेलमा बलर सामु सिंगापुर पुरै दबावमा रहदा त्यसको फाइदा नेपाललाई भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा ६० रन बनाउदा चार विकेट गुमाएको सिंगापुरले ७७ रन बनाउँदा ८ विकेट खेर फाल्यो । नेपालकालागि सन्दिपा लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए भने ललित राजवंशी र करण केसीले एक एक विकेट लिए ।

सन्दिप लामिछानेले २ विकेट लिएसँगै बसन्त रेग्मी र विनोद दाशको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका छन । उमेर समुहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेको नाममा रहेको छ। उनले गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु(१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै किर्तिमान कायम गरेका थिए।

सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। रेग्मीले सन् २०१२ को डिभिजन(४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज प्रतियोगितामा २१ विकेट लिएका थिए। यु(१९ स्तरमा राहुल बिश्वकर्माले सन् २०११ को यु(१९ बिश्वकप छनौट प्रतियोगितामा समान २१ विकेट नै लिएका थिए।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest