टी-२० काे बरीयतामा नेपाली महिला टिम १८ अाैं स्थानमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको महिला टी–२० क्रिकेटको बरियतामा नेपाल १८ औं स्थानमा रहेको छ ।

पहिलो पटक आइसीसीले महिला टि–२० बरियता सार्वजनिक गरेको हो । जसमा नेपाली टिम १८ औं स्थानमा रहेको छ । नेपाल भन्दा पछाडी हङकङ, नामिविया, नेदरल्याण्ड्स जस्ता टिम रहेका छन ।

बरियतामा नेपालको एक सय १७ अंक रहेको छ । विश्व बरियतामा नेपाली महिला टिम समावेश गरिएको यो पहिलो पटक हो । छोटा फरम्याटका खेलहरु धेरै भइरहेकाले आइसीसीले यो बरियता निकालेको हो ।

तर नेपाली महिला टिमले अन्तराष्ट्रिय प्रतियोगिता नखेलेको एक बर्ष भन्दा बढी समय भइसकेको छ । बरियताको शिर्ष स्थानमा अष्ट्रेलिया र दोस्रो स्थानमा न्युजिल्याण्ड रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest