बर्षाले खेल राेकिएपछि नेपाल रन रेटमा च्याम्पियन

नेपाल आईसीसी टि-२० बिश्वकप छनौट एसिया उपक्षेत्रीय छनौट प्रतियोगिताको च्याम्पियन बनेकाे छ । अन्तिम खेलमा सिंगापुर विरूद्दकाे खेल वर्षाले विचमा नै विथाेलेपछि पुरा हुन पाएन । जसका कारण सिंगापुर र नेपालकाे समान अंक भएपनि रनरेटका अाधारमा विजेता बन्याे ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रनमा अलआउट भयो । विरुद्ध नेपालले सुरुवात देखि नै दबाव सिर्जना गर्यो । सिंगापुरको स्कोर चार रन हुदा पहिलो विकेट झरेको थियो । त्यसपछि १५ रनमा दोस्रो विकेट खेर फालेको सिंगापुरले ३२ रनमा तेस्रो विकेट गुमायो । बर्षाका कारण केहिबेर रोकिएको खेलमा बलर सामु सिंगापुर पुरै दबावमा रहदा त्यसको फाइदा नेपाललाई भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा ६० रन बनाउदा चार विकेट गुमाएको सिंगापुरले ७७ रन बनाउँदा ८ विकेट खेर फाल्यो । नेपालकालागि सन्दिपा लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए भने ललित राजवंशी र करण केसीले एक एक विकेट लिए । सन्दिप लामिछानेले २ विकेट लिएसँगै बसन्त रेग्मी र विनोद दाशको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका छन । उमेर समुहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेको नाममा रहेको छ।

उनले गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु(१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै किर्तिमान कायम गरेका थिए। सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा दासले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रीज प्रतियोगितामा २१ विकेट लिएका थिए।

जवाफमा नेपालले ३ बल खेल्दा वर्षाको कारण खेल रोकिएको थियो। खेल रोकिंदा ३ बलमा नेपालको स्कोर एक रनमा एक विकेटके अवस्थामा थिये । तर भारी बर्षाका कारण खेल संभव भएन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest