पीपीएलमा उत्कृष्ट हुनेले माेटरसाइकल पाउने

आसन्न पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि मोटरसाइकल पुरस्कार पाउने भएका छन् ।

नेपाली त्रिकेट इतिहासमै पहिलो पटक एकै प्रतियोगितामा तीन जना खेलाडीलाई मोटरसाइकल पुरस्कार दिन लागिएको हो । विजेताले सुजुकी जिक्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।

शनिबार सुजुकी मोटर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स र आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टबीच सम्झौता भएको छ ।

आयोजकका तर्फबाट क्वीन्सका प्रवन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौता यसै सिजनका लागि मात्र हो ।

पोखरा प्रिमियर लिग पीपीएल आगामी कात्कि ९ देखि २० सम्म पोखरा रंगशालामा आयोजना हुँदैछ । प्रतियोगिताका लागि ६ टोलीको घोषणा भइसकेको छ भने खेलाडीको अक्सन पनि सम्पन्न भइसकेको छ ।

पोखरालाई क्रिकेटको न्युट्रल भेन्यू बनाउने र पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका लागि पोखरा रंगशालाको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest