दाेस्राे टेष्टमा भारत १० विकेटले विजयी, सिरीज ह्वाइटवास

वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्टमा भारत १० विकेटले विजयी भएको छ । जितसँगै भारतले दुई टेष्टको श्रृखंला क्लिवस्विप गरेको छ । दक्षिण अफ्रिका र इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृंखला गुमाएर आलोचित बनेको भारतिय टिमले उत्कृष्ट कमब्याक गरेको छ ।

भारतको हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज पहिलो पारीमा तीन सय ११ रनमा अलआउट भयो । उसका लागि चेसले एक सय ६ रनको योगदान गरे । बलिङ तर्फ उमेश यादवले ६ विकेट लिए । जवाफमा भारतले पहिलो पारीमा तीन सय ६७ रन बनायो । उसका लागि रिशव पन्तले ९२ तथा अजिन्क्या राहाणेले ८० रन बनाए ।

दोस्रो पारीमा वेष्ट इन्डिज मात्र एक सय २७ रनमा समेटियो । उसका कुनैपनि खेलाडीले ५० रन पुरा गर्न सकेनन । दोस्रो पारीमा वेष्ट इन्डिजलाई सस्तैमा आउट गर्न उमेश यादवले ४ तथा रविन्द्र जडेजाले तीन विकेट लिए । भारतीय भुमिमा फितलो बनेको वेष्ट इन्डिजले मात्र ७२ रनको लक्ष्य दियो । जसलाई भारतले १६ ओभर एक बलमा पुरा गर्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest