अफगानिस्तान प्रिमियर लिगकाे डेब्यु खेलमा सन्दिपले लिए २ विकेट

अफगानिस्तान प्रिमियर लिग क्रिकेटमा नेपाल युवा स्पिनर सन्दिप लामिछानेले डेब्यू गरेका छन् ।

नानग्राहर लियोपार्डका लागि अफगानिस्तान प्रिमियर लिग अन्तर्गत पाक्टिया प्यान्थरबिरुद्धको खेलमा डेब्यू गरेका उनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

नानग्राहरको इनिङमा उनले ९अाेभर ४ बल र ९ अाेभर ६ बलमा विकेट लिएका हुन् । सन्दिपले क्यारुन डोलपोर्टलाई ६ र सिकन्दर राजालाई खाता नखोली पेविलियन फर्काए । ब्याटिङमा भने उनले रन लिन सकेनन् ।

तर, उनको टोली नानग्राहर लियोपार्ड भने पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नानग्राहरले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । नानग्राहरलाई सस्तैमा समेट्न जियाउर रहमानले ३ विकेट लिँदा शाहिद अफ्रिदीले २ विकेट लिए ।

१२७ रनको लक्ष्य पाक्टियाले १४अाेभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान मोहम्मद साहजादले ४३ बलमा ७८ रनको शानदार पारी खेले । उनले ८ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै इन्साउल्लाहले पनि २५ रन जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest