पीपीएलकाे मेडिकल पार्टनर ग्राण्डी अस्पताल

कात्तिक नौ गतेदेखि हुने पोखरा प्रिमियर लिगका लागि मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भित्रिएकाे छ ।

पीपीएलको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामा र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेवीच आज सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौता पश्चात पीपीएलका दौरान खेलाडीले कुनै पनि चोट ब्यहोर्नु परेको खण्डमा अस्पतालले निःशुल्क उपचार गराउनेछ ।

स्पोर्टस मेडिसिनमा पनि विषेश सेवा प्रदान गर्दै आएको ग्राण्डीले पाँच वर्षसम्म खेलाडीको उपचारमा सहयोग गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest