पाेखरा प्रिमियरकाे पहिलाे खेलमा बिराटनगर र पाेखरा भिड्ने

पोखरामा हुने पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरिएको छ । जसमा पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन विच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरा रंगशालामा कार्तिक ९ गतेबाट हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन दिन एक खेल हुनेछ । यस्तै दोस्रो दिन शनिबार दुई खेल हुनेछन । जसमा चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा काठमाडौ रोयल्स र धनगढी विच हुनेछ । तेस्रो दिन आइतबार सन्दिपा लामिछाने मार्की रहेको विराटनगरले धनगढीसँग खेल्नेछ ।

धनगढीको मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी रहेका छन । सोहि दिन अर्को खेलमा बुटवलले पोखरा पल्टनसँग खेल्नेछ । लिग चरणका शिर्ष चार टिमले दोस्रो चरणमा प्रवेश गर्नेछन ।
कार्तिक २० गतेसम्म हुने प्रतियोगिताका लागि मैदान लगायत अन्य तयारी अन्तिम चरणमा पुगको छन । जसका लागि खेलाडीको अक्सन भइसकेको छ भने विदेशी र स्थानिय खेलाडी अनुबन्धको काम भइरहेको छ ।

प्रतियोगितको विजेताले २५ लाख रुपैयाँ पाउनेछन ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक एक थान मोटरसाइकल पाउनेछन । प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैक रहेको छ भने हस्पिटालिटी पार्टनर ओयो र मेडिकल पार्टनर ग्राण्डी अस्पताल रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest