विश्वकपका लागि अाइसीसीकाे नयाँ राेडम्याप

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषदले एकदिवसीय विश्वकप क्रिकेटका लागि नयाँ रोडम्याप बनाएकाे छ ।  आईसिसीले सन् २०२३ को एकदिवसीय पुरुष विश्वकपमा १० टोलीले खेल्नेछन् । तर, विश्वकप अघिको २ देखि ३ बर्षको अवधिमा विभिन्न राष्ट्रले ३ सय ७२ छनोट खेल खेल्नेछन् ।

यसले तल्लो तहका राष्ट्रले समेत माथिल्लो स्तरको राष्ट्रसंग खेल्न पाउने अवसर पाउने बताईएको छ । विश्वकपको नयाँ बाटो अनुसार ३ वटा लिगहरु हुनेछन् । जसमा आईसिसी सुपर लिग, आईसिसी लिग–२ र च्यालेन्ज कप हुनेछ ।

आईसिसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम रहनेछ । आईसिसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकप खेल्नेछन् ।सुपर लिगका बाँकी पाँच टिमले सन् २०२२ को विश्वकप छनोट खेल्नेछन् । विश्वकप छनोटमा १० टोलीले खेल्नेछन् । जसमा शीर्ष दुई टोलीले विश्वकप खेल्नेछन् । यस विश्वकप छनोटमा सुपर लिगका पाँच, आईसिसी लिग–२ का ३ र विश्वकप छनोट प्ले अफका २ टोलीले खेल्नेछन् ।

आईसिसी लिग–२ मा एकदिवसीय मान्यता पाएका ७ टोलीले खेल्नेछन् । यस लिगमा नेपालसहित, युएई, स्कटल्याण्ड र डिभिजन–२ बाट आएका ४ टोलीले खेल्नेछन् । शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्नेछन् । बाँकी ४ टोलीले विश्वकप छनोट प्ले अफ खेल्नेछन् । प्ले अफमा ६ टोलीले खेल्नेछन् । थप दुई टोली च्यालेन्ज कपबाट आउनेछन् । च्यालेन्ज कपमा विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरीयताका १२ टोलीले खेल्नेछन् । १२ टोलीलाई २ समूहमा विभाजन गरिनेछन् । दुई टोलीको विजेताले विश्वकप छनोट प्ले अफमा स्थान बनाउनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest