धनगढी क्रिकेट एकेडेमी भारत प्रस्थान

धनगढी क्रिकेट एकेडेमी (डीसीए)को टोली मैत्रीपुर्ण खेलका लागि भारतको मुम्बई प्रस्थान गरेको छ।

क्रिकेट टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सातवटा एकदिवसीय खेल खेल्ने डीसीएले जनाएको छ।  धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाष शाहीले खेलाडीहरूलाई प्रशिक्षणसँगै खेलको अवसर पनि आवश्यक पर्ने भएकाले मुम्बईमा खेल्न पाउँदा राष्ट्रका लागि प्रतिभावान खेलाडी उत्पादनमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

मुम्बई गएको टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विक लगायतका खेलाडी छन्। यस्तै प्रशिक्षकमा दीपेन्द्र चौधरी छन् भने व्यवस्थापकमा भरत जोशी रहेका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest