भारतद्वारा वेष्ट इन्डिज ८ विकेटले पराजित, विराट र राेहितकाे प्रभावशाली सतक

भारतले वेस्ट इन्डिज विरुद्धको पहिलो वान डे मा अाठ विकेटको प्रभावशाली जीत हात पारेको छ । घरेलु टोलीको जीतमा विराट कोहली र रोहित शर्माले शतकिय पारी खेले ।

गुवाहटीमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै तीन सय २२ रन बनाएको थियो । उसका लागि शिम्रन हिटमेरले शतक प्रहार गरेका थिए । शिम्रनले ७८ वल खेल्दै एक सय एक सय ६ रन बनाएका थिए । किरोन पावेलले ५१, ज्यासोन होल्डरले ३८ र साइ होपले ३२ रन बनाएका थिए ।

वलिङ तर्फ युजविन्द्र चाहलले तीन तथा मोहम्मद शामी र रविन्द्र जडेजाले दुइ दुइ विकेट लिएका थिए । तर विशाल योगफल बनाएपनि हिटमेरको शतक खेर गयो । जवाफमा भारतले तीन सय २३ रनको लक्ष्य ४२ ओभर एक वलमा मात्र दुइ विकेट गुमाएर पुरा ग¥यो । भारतले दोस्रो ओभरमा ओपनर शिखर धवनलाइ चार रनमा गुमाएको थियो ।

रोहित र विराटले दोस्रो विकेटका लागि दुइ सय ४६ रनको उत्कृष्ट साझेदारी गरे । रोहित एक सय १७ वलमा एक सय ५२ रन बनाउदै अविजीत रहे । उनको पारीमा १५ चौका र आठ छक्का सामेल थियो , रोहितको वान डे मा यो २० औं शतक हो । यस्तै कप्तान कोहलीले एक सय ४० रनको योगदान दिए । उनले एक सय सात वल खेल्दै २२ चौका र दुइ छक्का प्रहार गरेका थिए । कोहलीको वान डे मा ३६ र समग्रमा ६० औं शतक हो । दोस्रो वान डे मंगलबार बिशाखापट्नाममा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest