पीपीएलका लागि इंग्ल्याण्डका ड्यान लरेन्स र पाकिस्तानका उमेद आसिफ ल्याउदै धनगढी ब्लुज

कार्तिक ९ गतेबाट हुने पोखरा प्रिमियर लिगका लागि केहि टिमले तयारी सुरू गरेका छन। जसमा धनगढी ब्लुजले साेमबार बिहानबाट काठमाडाैमा तयारी सुरू गरेकाे छ । स्थानीय खेलाडीलाइ समेटेर टिम तयारीमा जुटेकाे छ । तर उसका दुइ जना विदेशी खेलाडी भने ७ गतेसम्म काठमाडाै अाइपुग्ने बताइएकाे छ ।

धनगढीले विदेशी खेलाडीमा इंग्ल्याण्डका ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी तीव्र गतिका बलर उमेद आसिफलाई ल्याउने भएकाे छ । हाल एस्सेक्सको सिनियर टोलीबाट खेलिरहेका २१ वर्षीय लरेन्सले यसअघि पनि उमेर समूहबाट खेलिसकेका छन । राष्ट्रिय टिममा स्थान बनाउने तयारीमा रहेका लरेन्सलाइ टिममा ल्याएपछि मिडिलअडर झन बजबुत हुने टिमका म्यानेजर सुवास प्रधानले बताएका छन ।

इग्ल्याण्डकाे काउन्टी क्रिकेटमा हाम्पसायरविरुद्ध शतक पनि प्रहार गरिसकेका लरेन्सले काउन्टी सिजन अहिले अफसिजन रहेका कारण उनी नेपाल अाउन लागेका हुन् ।

यस्तै धनगढीले भित्र्याउन लागेका अर्का खेलाडी हुन पाकिस्तानका उमेद आसिफ । पाकिस्तान सुपर लिगमा पेशावर जाल्मीका लागि खेलेका उनी पछिल्लो पटक पाकिस्तान ‘ए’ टोलीमा रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest