पीपीएलका लागि धनगढी ब्लुजले इंल्याण्डबाट २ युवा खेलाडी ल्याउदै

कार्तिक ९ गतेबाट हुने पोखरा प्रिमियर लिगका लागि केहि टिमले तयारी सुरू गरेका छन। जसमा धनगढी ब्लुजले साेमबार बिहानबाट काठमाडाैमा तयारी सुरू गरेकाे छ । स्थानीय खेलाडीलाइ समेटेर टिम तयारीमा जुटेकाे छ । तर उसका दुइ जना विदेशी खेलाडी भने ७ गतेसम्म काठमाडाै अाइपुग्ने बताइएकाे छ ।

इग्ल्याण्डकाे काउन्टी क्रिकेटमा हाम्पसायरविरुद्ध शतक पनि प्रहार गरिसकेका लरेन्ससँगै तेज बलर पिटर पनि अाउने भएका छन । यसअघि धनगढीले पाकिस्तानका उमेद आसिफ ल्याउन खाेजेकाे थियाे ।

तर पाकिस्तान क्रिकेट बाेर्डले अनुमती नदिएपछि उनी नअाउने भएका हुन ।दिपेन्द्रसिंह एेरी मार्की खेलाडी रहेकाे धनगढीले पीपीएलमा अाफ्नाे पहिलाे खेलमा काठमाडाै राेयल्स विरूद्द कार्तीक १० गते खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest