सन्दीप लामिछाने अष्ट्रेलियामा बिग ब्यास खेल्ने

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न स्टार्सबाट ‘बिग ब्यास’ खेल्ने भएका छन।

सन्दीप डिसेम्बर १० मा टिममा सामेल हुनेछन् । त्यसपछि सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन् । बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् ।

त्यसपछि सन्दीप बिग ब्यासका लागि पुन अष्ट्रेलिया फर्कनेछन् । बिग बास लिग फेब्रुवरी १७ सम्म हुनेछ ।

यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन सवर्वस् डिस्ट्रिक क्लवबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest