विश्वकप ट्रफि टुर शनिबार काठमाडाैमा प्रदर्शन गरिने

सन् २०१९ मा वेल्स र इंग्ल्याण्डमा हुने आइसीसी विश्वकप क्रिकेटको ट्रफि टुर नेपालमा अक्टोबर २७ तारिख शनिबारका दिन काठमाडौमा प्रदर्शनीमा राखिने छ ।

विश्वका २१ देशका ६० शहरमा घुम्ने सो ट्रफि काठमाडौमा हुँदा बसन्तपुर दरबार स्क्वायरमा राखिने छ । नेपालमा २७ देखि २९ अक्टोबरसम्म रहने सो ट्रफि त्यसपछि भारतको ४ मुख्य शहरमा लगिनेछ ।

त्यसपछि अफ्रिका अष्ट्रेलिया, न्युजिल्याण्ड हुँदै ट्रफि १९ फेब्रेवरीमा बेलायत पुग्नेछ । यो ट्रफि टुरका लागि आइसीसीले नै विशेष सुरक्षाकर्मीका साथै स्वंयमसेवक खटाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest