भारतका सन्नी पटेल र समित पटेल चितवनबाट पीपीएल खेल्ने

पोखरा कार्तिक ९ गतेबाट हुने पोखरा प्रिमियर लिगका लागि चितवन राईनोजले दुई भारतीय खेलाडी ल्याएकाे छ ।

कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र समित पटेललाई टिममा भित्राएको हो । दुबै खेलाडीले भारतकाे स्थानीय प्रतियाेगिताका साथै सन्नी पटेलले काठमाडाैमा भएकाे इपीएल खेलेकाे थियाे ।

पीपिएलका लागि चितवन टिम अाज पाेखरा पुगेकाे छ । उसले अाज खेल हुने मैदानमा अभ्यासपनि गरेकाे छ । प्रतियाेगिताका लागि भाेली धनगढी ब्लुजपनि पाेखरा जानेछ ।

६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेता २५ लाख रूपैयाँ पाउनेछन । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कार्तिक २० सम्म संचालन हुनेछ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest